Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने

प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छेन्दु जाँदैछन् । गत शनिबार देखी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु जान लागेका हुन् ।

हिजो मानसरोवर र कैलास दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने र प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

राष्ट्र संघीय सभालाई सम्बोधन गरेर प्रधानमन्त्री सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । उनले सो क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने एसियाली खेलकुदमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डलाई समकक्षी चिनियाँ प्रधानमन्त्रीले बेइजिङमा भब्य सम्मान गरेका थिए ।

त्यसपछि तिब्बत यात्रामा निस्केका प्रधानमन्त्री प्रचण्ड मानसरोबर र कैलास दर्शनका लागि हिजो पुगेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस