Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै


गत शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । हिजो उनी तिब्बतको ल्हासा पुगेका थिए ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।

कैलाश पर्वत र मानसरोवरको यात्राका क्रममा भ्रमण दलमा रहेका सदस्यहरू पनि सँगै रहने छन् ।

प्रधानमन्त्री दाहालले हिजो ल्हासामा विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गरेका थिए ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस