गृहपृष्ठ ∕ राजनीति ∕ आलमलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश आलमलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश दीप संञ्चार कात्तिक ३, २०७६ गते १६:११ मा प्रकाशित काठमाण्डौ, तेईस जनालाई जिउदै ईटा भट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका काङ्ग्रेस नेता मोहमद आफताव आलमलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।आलमका पक्षमा ८ जना कानून व्यवसायीले बहससमेत गरेका थिए भने सरकारी वकिल खडिण्द्रराज कटुवाल विपक्षमा बहस गरेका थिए । यसअघि उनलाई ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । १२ वर्षअघि (२७ चैत २०६४) मा भएको बम विस्फोटको घटनालाई लिएर २६ असोजमा आलम पक्राउ परेका हुन् । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट र्पुयाइएको छ ।आलम माथि थप दुई अभियोगसांसद आलममाथि थप दुई अभियोग लाग्ने भएको छ । सरकारी वकिल कटुवालका अनुसार आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जिवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा दायर हुनेछ । घटनाका संलग्न भएको अभियोग लागेका चार जना फरार छन् भने बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा लैजान प्रयोग भएको भनिएको ट्याक्टरबारे पनि अनुसन्धान भइरहेको छ ।झुठो आरोपमा फसाइयो -आलमआलमले आफूलाई झुठो मुद्दामा फसाइएको प्रतिक्रिया दिएका छन । अदालत फरिसरमा ‘घटना नै नभएका कारण महान्याधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी फैसला गरिसकेको छ । पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेको केसमा राज्यले षडयन्त्र गरेको आलमले बताए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट