Techie IT
×
गृहपृष्ठराजनीतिपूर्वमन्त्री श्रेष्ठसहित ३ जना दोषी ठहर

पूर्वमन्त्री श्रेष्ठसहित ३ जना दोषी ठहर


पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ गते ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानूनी आर्जन गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

पूर्वमन्त्री श्रेष्ठले २०७० सालमा तत्कालिन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस