Techie IT
×
गृहपृष्ठराजनीतिशिक्षकहरुको मागका बारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने

शिक्षकहरुको मागका बारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने


अखिल क्रान्तिकारीले शिक्षा बिद्येयकका बारेमा सडक अन्तक्रिया गर्ने भएको छ ।

नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो ।

 

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार शिक्षा बिद्येयकमा धेरै नै त्रुटी भएको तथा निजामती कर्मचारीको तुलनामा शिक्षकहरुलाई तलब भत्ता, सेवा र सुबिधा कम भएको उनले बताईन ।

‘शिक्षकहरुको जायज माग सम्बोधन गर्नका लागि सडक अन्तरक्रिया देखी सरकार समक्ष लबिगसम्मका काम गर्दछौं’ उनले भनिन ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस