गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस केन्द्रिय समिति बैठक आज पनि बस्दै कांग्रेस केन्द्रिय समिति बैठक आज पनि बस्दै दीप संञ्चार असोज ५, २०८० गते ७:३६ मा प्रकाशित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।कार्य समितिको बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज बिहान ११ः०० बजे पनि बस्न लागेको हो ।आजको बैठकमा हिजो देखी धारणा राख्न सुरु गरेका केन्द्रिय सदस्यहरु मध्ये बाँकी केन्द्रिय सदस्यले आ आफनो धारणा राख्नेछन् ।सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए ।‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको’ प्रतिवद्धता बैठकमा खडकाले गरेका थिए ।हिजोको बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव(मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।क्याटेगोरी : राजनीतिट्याग : #कांग्रेस बैठक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप