गृहपृष्ठ ∕ राजनीति ∕ राप्रपा नेपालको बिरोध प्रदर्शनबाट दर्जन नेता पक्राउ राप्रपा नेपालको बिरोध प्रदर्शनबाट दर्जन नेता पक्राउ दीप संञ्चार असोज ४, २०८० गते ८:१९ मा प्रकाशित राप्रपा नेपालले देशव्यापी रुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ।संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा राजसंस्था र हिन्दुराष्ट्र पुनस्स्थापना तथा संघियताको खारेजीको माग राखि राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको थियो। शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरि प्रशासनले धरपकड र हस्तक्षेप गरेकोमा राप्रपा नेपाल भत्सर्ना गर्दछ।काठमाडौंमा पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई,रोम सापकोटा,नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरिले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई राती नै रिहा गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।शान्तिपूर्ण प्रदर्शनमा प्रहरिले हस्तक्षेप गरि पक्राउ गरिएकोमा महामन्त्री बर्तौलाले आपत्ती जनाएका छन् । ‘राप्रपा नेपाल आन्दोलनमा उत्रिएको छ, अब हामी निर्णायक आन्दोलनको तयारी गर्छौ’ बर्तौलाले भने । आन्दोलनको क्रममा मसाल जुलुस र पुत्ला दहनमा नेता कार्यकर्तालाई उत्साहित पार्न पार्टी अध्यक्ष कमल थापा विभिन्न स्थानमा आफै पुगेका थिए ।जिल्ला सदमुकामहरुका साथै काठमाडौं उपत्यकाको ४१ स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप