Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री पुष्पकमल दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता


संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएको छ ।

राष्ट्र सङ्घको मुख्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको हो ।

दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए ।

प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस