Techie IT
×
गृहपृष्ठराजनीतिदेउवालाई कार्यशैली सच्याउन शेखर कोइरालाको चेतावनी

देउवालाई कार्यशैली सच्याउन शेखर कोइरालाको चेतावनी


पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा शेखर कोइरालाले चेतावनी दिएका छन् ।

मंगलबार आफूपक्षीय नेताहरुको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरु आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिएका हुन् । जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् ।

सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस