Techie IT
×
गृहपृष्ठराजनीतिअमेरिका जानुअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

अमेरिका जानुअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा जानकारी गराउने छन् ।

 

समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनले सो सम्बोधन दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस