Techie IT
×
गृहपृष्ठराजनीतिसंसद बैठक बस्दै, मन्त्रीहरुसँग प्रश्नोत्तर हुने

संसद बैठक बस्दै, मन्त्रीहरुसँग प्रश्नोत्तर हुने


आज प्रतिनिधिसभा बैठक बस्दैछ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आज बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर हुनेछ । जसअनुसार कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।

साथै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीमा राखिएको संसद सचिवालयले जनाएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #संघीय संसद बैठक, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस