गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण,कडा कारबाही गर्न माग कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण,कडा कारबाही गर्न माग दीप संञ्चार भदौ २०, २०८० गते १७:०९ मा प्रकाशित सत्तारुढ दल नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ ।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।“आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।बुधबार दिउँसो रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेको थिए । सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सहमहामन्त्री यादवको अहिले ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनको टाउको पछाडि चोट लागेको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ