Techie IT
×
गृहपृष्ठराजनीतिशितल निवासमा सर्वदलीय बैठक बस्दै

शितल निवासमा सर्वदलीय बैठक बस्दै


संसद गतिरोध अन्त्यका लागि आज शितल निवासमा सर्बदलीय बैठक बस्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद गतिरोधको बिषयलाई लिएर सर्बदलीय बैठक बोलाएका हुन ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ । तर, उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो ब्यक्त गर्दै आएका छन । सो बिषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटबार्ता गरी जारी संसद अबरोधको बिषयमा गम्भिर चासो ब्यक्त गरेका थिए ।

दुवै नेतासँग अलग अलग भेटबार्ता गरे पछि राष्ट्रपति पौडेलले आजका लागि सर्बदलीय बैठक बोलाएका हुन ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #सर्वदलीय बैठक

तपाईको प्रतिक्रिया दिनुहोस