Techie IT
×
गृहपृष्ठराजनीतिसदन अवरोध खुलाउने सभामुखको प्रयास, प्रमुख सचेतकहरुसँग छलफल गर्ने

सदन अवरोध खुलाउने सभामुखको प्रयास, प्रमुख सचेतकहरुसँग छलफल गर्ने


सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले आज पनि छलफल गर्दैछन् ।

झन्डै एक महिनादेखी संसद् अबरोध भएपछि सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । सिंहदरबारस्थित संसद सचिवालय भवनमा बैठक ११ बजे बोलाईएको छ ।

सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन् ।

सुन प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गरिरहेको छ । सभामुख घिमिरेले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस