Techie IT
×
गृहपृष्ठराजनीतिजसपा :गौर हत्याकाण्ड संसदीय समिति बनाएर छानबिन होस्

जसपा :गौर हत्याकाण्ड संसदीय समिति बनाएर छानबिन होस्


जनता समाजवादी पार्टीले गौर हत्याकाण्डको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेको छ ।

 

शुक्रबार पत्रकार सम्मेलन गरेर जसापाले गौर हत्याकाण्डको छानविन गरेर दोषीउपर कारबाही गर्ने सरकार र गौर हत्याकाण्ड पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी नेतालाई फसाउन खोजेको आरोप लगाएको छ ।

 

केही दिनअघि सरकार र पीडितबीच भएको सहमतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको जसपाले घटनाको छानबिनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने मामग गरेको हो ।
पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष सुमनले यसअघि भएका छानबिनका प्रतिवेदन गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेको आरोप लगाए ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको छानबिन आयोग, मधेस आन्दोलनसहितका आन्दोलनका घटनाका विषयमा अध्ययनका लागि गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोग र तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश र सुरक्षा नियकाका प्रतिनिधि सम्मिलित समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि जसपाले माग गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #जसपा

तपाईको प्रतिक्रिया दिनुहोस