Techie IT
×
गृहपृष्ठराजनीतिके अभियोगमा पक्राउ परे सांसद सुनील शर्मा ?

के अभियोगमा पक्राउ परे सांसद सुनील शर्मा ?


सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीवार दिउँसो काठमाडौंको गल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

शैक्षिक प्रमाण पत्र कीर्ते गरेको अभियोगमा शर्मालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए । उनले बाँकी कुरा भने खुलाउन चाहेनन् ।

तर, सिआइबी स्रोतका अनुसार शर्माको भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ ।

शर्मा मोरङ-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस