Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस सांसद सुनील शर्मा पक्राउ

कांग्रेस सांसद सुनील शर्मा पक्राउ


सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीवार दिउँसो काठमाडौंको गल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

तर, पक्राउको कारण भने खुल्न बाँकी छ । शर्मा मोरङ-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि सांसद शर्मालाई सीआईबीको टोलीले पक्राउ गरेको जानकारी दिएका छन्। शर्मा एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस