गृहपृष्ठ ∕ राजनीति ∕ नेबिसंघका असन्तुष्ट समुहले आज देउवा निवास घेर्ने नेबिसंघका असन्तुष्ट समुहले आज देउवा निवास घेर्ने दीप संञ्चार साउन २५, २०८० गते १०:०६ मा प्रकाशित नेपाल विद्धाथी संघको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।नेविसंघको हालै मनोनित केन्द्रिय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रिय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन ।नेविसंघका असन्तुष्ट समुहका बिद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, भोलि (बिहिबार) शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट बिद्यार्थी नेताहरुले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुर्नबिचार गर्न दबाब दिइनेछ ।असन्तुष्ट समुहको नेतृत्वको गर्ने बिद्यार्थी नेता प्राध्यापक प्रेम चलाउने माथी हातपात गर्ने नेता हुन् ।नेबिसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रिय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोयननमा स्वयं रावल पनि अटाएका छैनन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल