गृहपृष्ठ ∕ राजनीति ∕ राप्रपा नेपालको केन्द्रीय समिति बैठक भदौं ७ बाट राप्रपा नेपालको केन्द्रीय समिति बैठक भदौं ७ बाट दीप संञ्चार साउन २३, २०८० गते ९:२१ मा प्रकाशित राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको छ ।राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जिबनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र सहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।ूयो बैठक पार्टीको भाबी कार्यदिशा र कार्ययोजना सहित सैधान्तिक बैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछू महामन्त्री बर्तौलाले भने । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए । विभिन्न ब्यक्ती, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रबादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ , सहयोग र समर्थन लिने गरि पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाईएको छ ।बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिबेदन ,महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिबेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिबेदन पेश गर्नेछ। राप्रपा नेपालसङ्ग एकताको लागि सडक संघर्ष न्युनतम बटमलाईन रहने स्रोतले बताएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #राप्रपा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल