Techie IT
×
गृहपृष्ठराजनीतिसर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस


सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्को आज बसेको बैठकले श्रेष्ठको नाम सिफारिस गरेको हो ।

 

वर्तमान प्रधानन्यायाधी हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेबाट अनिवार्य अवकासमा जाँदैछन् । प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ सर्वोच्चका वरिष्ठतम न्यायाधीश हुन् । अब संसदीय सुनुवाई समितिमा सुनुवाइ र अनुमोदन भएपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।

संसदीय सुनवाइ समितिबाट नाम अनुमोदन हुन समय लाग्ने भएकोकारण न्यायालय अझै केहििदन नेतृत्ववीहिन बन्ने देखिन्छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #सर्वोच्च अदालत

तपाईको प्रतिक्रिया दिनुहोस