Techie IT
×
गृहपृष्ठराजनीतिकोशी सरकारबारे बाबुरामको प्रस्तावः मध्यावधिमा जाऊ

कोशी सरकारबारे बाबुरामको प्रस्तावः मध्यावधिमा जाऊ


नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निमार्णका लागि मध्याबधीमा जानु पर्ने जनाएका छन् ।

कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्याबधी निर्वाचनको बिकल्प सुझाएका हुन ।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र रु’ उनले भनेका छन, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निमार्ण गरे पछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिए पछि कोशी सरकार निमार्ण थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निमार्णमा गर्न संबैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्याबधीको बिकल्प सुझाएका हुन ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #बाबुराम भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस