गृहपृष्ठ ∕ राजनीति ∕ मंगलबारसम्म कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान मंगलबारसम्म कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न आह्वान दीप संञ्चार साउन १२, २०८० गते २०:४३ मा प्रकाशित कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले आउँदो मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभा प्रतिनिधित्व गर्न दल र तिनका सदस्यलाई आह्वान गरेका छन् । मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले बिहीबार बदर गरेपछि शुक्रबार प्रदेश प्रमुख खापुङ्गले १६ साउन मंगलबार बेलुका ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न दाबी पेस गर्न आह्वान गरेका हुन् ।विश्वास मत प्राप्त गर्न नसकेपछि एमालेका हिक्मत कार्की अल्पमतमा परेसँगै मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएपछि सभामुखको हस्ताक्षरसहित कांग्रेसका उद्धव थापाले दाबी पेस गरेका थिए । त्यसपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरियो । सो नियुक्तिविरुद्ध कार्की सर्वोच्च अदालत गएका थिए । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्नेसहितको परमादेश जारी गरेको थियो ।यसपछि कार्की पुनः कामचलाउ प्रदेश सरकारको मुख्यमन्त्रीमा पदस्थापन हुने भएका छन् । साथै प्रदेश प्रमुख खापुङ्गको दाबी पेस गर्न गरेको आह्वानले कोशी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट