Techie IT
×
गृहपृष्ठराजनीतिएमाले अध्यक्ष केपी ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जना प्रहरी पक्राउ

एमाले अध्यक्ष केपी ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जना प्रहरी पक्राउ


झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिसकेको र बाँकीको खोजी गरिरहेको बताए ।

बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले उनीमाथि आक्रमणको प्रयास गरेको प्रवक्ता रिजालको भनाइ छ ।

कडा सुरक्षा घेराबीचमा कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली इलाम गइसकेको उनले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #केपी ओली

तपाईको प्रतिक्रिया दिनुहोस