गृहपृष्ठ ∕ राजनीति ∕ “काङ्ग्रेस र हामीमा कटुता हैन बलियो मित्रता छ” प्रम ओली “काङ्ग्रेस र हामीमा कटुता हैन बलियो मित्रता छ” प्रम ओली दीप संञ्चार असोज २६, २०७६ गते १७:४८ मा प्रकाशित काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथि पर्न नदिने बताएका छन् । नेपाली काँग्रेसले वडा दशैं लगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ बर्ष देखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उनीहरुलाई राम्ररी जानकारी भएको बताएका छन् । ‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ बर्ष देखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्न्’ प्रधानमन्त्री ओलीले भने ।प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभई आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताएका छन् । ‘यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीचको कटुतालाई पनि अन्त्य गर्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु ।’क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल