Techie IT
×
गृहपृष्ठराजनीतिप्रतिनिधिसभा बैठक बस्दै : आज संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरिने

प्रतिनिधिसभा बैठक बस्दै : आज संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरिने


काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाईएको हो  । आजको बैठकवाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसुची पनि बनाईएको छ ।

आजको सम्भावित कार्यसुचीमा उल्लेख भए अनुसार संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधि) संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथीको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णर्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसुची तयार गरिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #प्रतिनिधिसभा, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस