Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटका वारेमा छलफल हुने

कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटका वारेमा छलफल हुने


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाईएको छ ।

मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखी सुरु भएको हो ।

पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको हो ।

आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुदैँछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस