गृहपृष्ठ ∕ राजनीति ∕ नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नेगरी प्रक्रियाअघि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नेगरी प्रक्रियाअघि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन दीप संञ्चार वैशाख १०, २०८० गते १७:२० मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा उत्पादित सवारीसाधन दर्ता एवं प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको हो ।प्रधानमन्त्री प्रचण्डले ‘यात्री’ लगायत नेपालमा उत्पादित सवारीसाधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस विषयलाई गम्भीरतापूर्वक लिएको र स्वदेशी उत्पादन सवारीसाधन दर्ता तथा प्रवर्द्धनका लागि तत्काल कानुनी प्रक्रियाअघि बढाउन मुख्यसचिवमार्फत् सम्बन्धित् पक्षलाई निर्देशन दिएको बताएका हुन् ।‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु । सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप