Techie IT
×
गृहपृष्ठराजनीतिकर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्ने

कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्ने


काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नाममा स्थापित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को वार्षिक केन्द्रीय सभा हुँदैछ । महालक्ष्मीस्थान, ललितपुरस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय परिसरमा शनिवार दिनको ठिक २ बजे सुरु हुने सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड प्रतिष्ठानका संरक्षक समेत हुन्।
सभामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र पूर्वप्रधानमन्त्री तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालको विशेष आतिथ्यता रहने जनाइएको छ।

०७३ मा स्थापित प्रतिष्ठानले देशैभरी शाखाहरु विस्तार गरेको छ। सचिव शंकर दुलालका अनुसार नेपाली वाम-लोकतान्त्रिक आन्दोलनको इतिहास, समग्र नेपालको इतिहास, संस्कृति, नेपाली समाजको विकासक्रम, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणको विविध पक्षमा वैज्ञानिक र वस्तुपरक खोज, अनुसन्धान, अन्तरक्रिया, बहस र प्रकाशन गर्नु प्रतिष्ठानको मुख्य लक्ष्य हो। प्रतिष्ठानले बैज्ञानिक र रोजगामुलक क्षेत्रमा विशेष योगदान पुर्‍याउन बहुप्राविधिक शिक्षालयहरु समेत सञ्चालन गरिरहेको छ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रचण्ड

तपाईको प्रतिक्रिया दिनुहोस