गृहपृष्ठ ∕ राजनीति ∕ सभामुख घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि कुम्पुलाबीच भेटवार्ता सभामुख घिमिरे र अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि कुम्पुलाबीच भेटवार्ता दीप संञ्चार चैत्र २२, २०७९ गते १४:०६ मा प्रकाशित काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन् ।नेपालको विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् ।‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ उनले भने, ‘तर आन्तरिक विवाद छिटोभन्दा छिटो समाधान हुन आवश्यक छ ।’सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरुमा समयमा निर्वाचन नभएको बताउँदै अन्तर्राष्ट्रियरुपमा नै ख्याती कमाएको संस्था अपारदर्शिताबाट टाढै बस्नुपर्नेमा जोड दिए ।अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राखेकी थिइन् । आफू नेपाल आउनुको उद्देश्य पनि यहाँको विवाद समाधान नै रहेको बताउँदै उनले जवाफदेहिता र पारदर्शितामा सम्झौता नहुने बताइन् ।सभामुख घिमिरेले रेडक्रस सञ्चालनका लागि ऐन आवश्यक भए सरकारसँग छलफल गर्न आग्रह गर्दै संसदले आवश्यक सहजिकरण गर्ने जानकारी दिए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट