गृहपृष्ठ ∕ राजनीति ∕ उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग एनआरएनएको भेटवार्ता, नागरिकता कार्यान्वयनको विषय सम्बोधन गर्न आग्रह उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग एनआरएनएको भेटवार्ता, नागरिकता कार्यान्वयनको विषय सम्बोधन गर्न आग्रह दीप संञ्चार चैत्र २०, २०७९ गते १८:२३ मा प्रकाशित काठमाडौँ -गृह मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गैरआवासीय नेपाली संघ (एनआरनए) ले भेट गरेको छ ।भेटमा श्रेष्ठलाई बधाई तथा शुभकामना दिदै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि भैरहेको ढिलाइ सम्बन्धमा संघले ध्यानाकर्षण गराएको थियो ।सो भेटमा संघका अध्यक्ष कुल आचार्य, डा बद्रि केसि उपाध्यक्ष आरके शर्मा र दुर्गा आचार्य , कोषाध्यक्ष लोक प्रसाद दाहाल,कार्यकारी अधिकृत रवी किरण अधिकारीलगायतको प्रतिनिधिमण्डलले विश्वभर रहेका गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा नागरिकताको बिषयलाई चाँडै सम्बोधन गर्न पुन आग्रह गर्दै हाल बिद्यमान यस समस्याले सबैलाई चिन्तित तुल्याएको उल्लेख गरेका थिए ।भेटमा एनआरएनए प्रतिनिधीले नेपालबाट पूँजी पलायन भै रहेको र विदेशी लगानी भित्र्याउन पनि वाधा पुगिरहेको सम्बन्धमा ध्यानाकर्षण गर्दै नागरिकता विधेयकलाई फेरी संसदमा लगेर जति सक्दो छिटो पारित गराउन आग्रह गरेका थिए ।उक्त भेटमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा भएको ढिलाईका कारण देश भित्र पनि युवाहरुमा चरम निराशा उत्पन्न भएको बताउंदै नागरिकता विधेयकलाई छिटो भन्दा छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै पुस्तौपुस्ता नागरिकता प्राप्ति हुने व्यबस्थाको पनि प्रत्याभुति हुने व्यवस्था हुने जानकारी दिएका थिए । यस सम्बन्धमा ऐनको प्रावधानमा केहि समस्या भए हेर्नेसमेत श्रेष्ठले बताए ।साथै एनआरएनए एक्टको पुनराबलोकन गर्ने सम्बन्धमा मन्त्री श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा भएको निर्देशनको समेत कार्यान्वयनको लागि ध्यानाकर्षण गराइएको अध्यक्ष आचार्यले बाताए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न