Techie IT
×
गृहपृष्ठराजनीतिमन्त्रिपरिषद विस्तार न्यूनतम साझा कार्यक्रमपछि

मन्त्रिपरिषद विस्तार न्यूनतम साझा कार्यक्रमपछि


काठमाडौं।नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन लागेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारले चाँडै पूर्णता पाउने दाबी गरेका हुन् ।

यसका लागि प्रधानमन्त्री प्रचण्डले गठबन्धन आवद्ध दलसँग छलफल गरिरहेका उनले बताए । नेपालले सरकारको न्युनतम साझा कार्यक्रममा हस्ताक्षर भएपछि मात्र सरकारले पूर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नयाँ बनेको गठबन्धनका दलहरुका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए ।
‘आज बल्ल हामी अहिलेको सरकारको जुन नीतिगत प्रतिवद्धता हो, साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ । छलफल भएर टुंगो लाग्ला । त्यो कागजमा हस्ताक्षर होला । त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताए । उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको धारणा राखे ।

मन्त्री नबन्ने भन्ने पूरानो वचनमा कायम छु : उपसभापति खड्का
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने भन्ने पूरानो वचनमा कायम रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले आफू मन्त्री बन्दिनँ भन्ने ७ वर्ष पुरानो वचनमा अडिग रहेको बताएका हुन् । उनले भने– ’देश दौडाहा गरेर सकेपछि ७ वर्षअघि मैले वचन दिएको थिएँ, अहिले पनि त्यही अडानमा छु । म धेरै मन्त्रालयको मन्त्री भइसकेँ, अब मन्त्रीभन्दा माथि भए अर्को कुरा हो, त्यो भगवान र जनताको जिम्मामा छ ।’
उनले कांग्रेसमा आफ्नै नेतृत्वमा सरकारमा जानेबारे समेत छलफल भइरहेको भने स्वीकार गरेका छन् । उनले भने– ’पार्टीभित्र छलफल नै नभएको होइन, विभिन्न कोणबाट छलफल भइरहेको छ, तर निर्णय भएको छैन । गठबन्धनको बैठक बसिरहेको छ । पार्टीमा पनि छलफल भइरहेको छ । अब दुई तीन दिनभित्रमा टुंगो लाग्छ । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’


क्याटेगोरी : राजनीति
ट्याग : #मन्त्रिपरिषद विस्तार

तपाईको प्रतिक्रिया दिनुहोस