Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने

प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने


काठमाडौं।  वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपाली श्रमिकहरुको सामाजिक सुरक्षा योजना शुरुवात हुन लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा चैत ८ गते बुधबार राष्ट्रियसभामा उक्त योजनाको शुभारम्भ हुन लागेको हो । सामाजिक सुरक्षा कोष ऐन २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकहरुलाई समेत कोषमा आवद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायित्व गर्नेक्रममा योजना अगाडि ल्याइएको छ । उक्त कार्यक्रममा
गैरआवासिय नेपाली संघको तर्फबाट अध्यक्ष कुल आचार्यको विशेष मन्तव्यको साथै उनकै प्रतिनिधित्वमा गैरआवासीय नेपालीहरुको उल्लेख्य सहभागिता रहने संघले जनाएको छ ।

गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा मध्य एक सामाजिक सुरक्षा कोष योजना शुभारम्भ हुन लागेकोमा आफू हर्षित भएको र यो सारा गैर आवासीय नेपालीहरुको लागि खुसीको क्षण रहेको अध्यक्ष आचार्यले बताए । गैरआवासीय नेपाली संघले धेरै पहिलादेखि नै सामाजिक सुरक्षा कोषको स्थापना गर्नको निमित्त सरकारलाई पहल गरिरहेको र अहिले सार्थकता पाएकोमा सरोकारवाला सबै निकाय प्रति आचार्यले आभार प्रकट गरेका छन ।

गत साउन २० गते होटल हिमालयनमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ ९एनआरएनए० बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
नेपालबाट वैदेशिक रोजगारमा रहेका लाखौ नेपालीहरु खाडी मुलुक मलेसिया, दक्षिण कोरिया ,जापान,युरोप लगायत देशहरुमा कार्यरत छन । विश्व श्रम संगठनको अभिसन्धि व्यवस्था अनुसार श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने प्रावधान रहेको छ ।

समझदारीपत्र अनुसार वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न अध्ययन कार्यदल समिति, उपसमिति बनाउने व्यवस्था गर्ने उल्लेखित गरिएको छ । एनआरएनले वैदेशिक रोजगारमा गएका श्रमिकको सामाजिक सुरक्षाको विषयमा गरिने सभा, समारोह छलफल गोष्ठीमा कोषलाई पनि समावेश गर्ने र कोषले सो सम्बन्धमा बजारीकरण गर्ने भनिएको छ । त्यस्तै श्रमिकको योगदानको रकम कोषमा ल्याउने प्रक्रियामा सरलीकरण को लागि एनआरएनए र त्योसँग सम्बन्धित निकायद्वारा कोषलाई सहयोग पुर्याउने , वैदेशिक रोजगारमा गएका र सामाजिक कोषमा जोडिएका श्रमिकहरूको स्वदेश फिर्ता पछि उनीहरुलाई सुरक्षित र व्यवस्थित बनाउन श्रमिकहरूको ज्ञान,सीप लाई उद्यमशिलता र रोजगारीमा परिणत गर्ने र भैपरी आउने जोखिम व्यवस्थापनको लागि अध्ययन र अनुसन्धान गरी योजनाहरूको विकास गर्ने भनिएको छ। समझदारीपत्रमा दुई पक्षबीच कार्यान्वयनको शिलशिलामा द्विविधा भएको खण्डमा आपसी छलफलमा निराकरण गरिने पत्रमा उल्लेख गरिएको छ ।

उक्त पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिल मणि ज्ञवाली र संघका अध्यक्ष कुल आचार्य, रविना थापा, बद्री केसी र वैदेशिक रोजगार राहत कोषका संयोजक आरके शर्माको हस्ताक्षर रहेको छ ।
एनआरएनएले धेरै पहिलेदेखी यो माग उठाऊदै आएको थियो । एनआरएनएका उपाध्यक्ष एबं हजारे अभियानका अभियन्ता डिबि क्षेत्रीले यो सहमति भएकोमा खुशी ब्यक्त गर्दै यस्ले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई धेरै राहत पुग्ने र देशलाई पनि फाइदा पुग्ने बताए ।

उक्त हस्ताक्षर पछि एनआरएनएले कतार र मलेसियामा सामाजिक सुरक्षा कोषका बारेमा जानकारी गराउन बिर्हत कार्यक्रम गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस