गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई प्रचण्डमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि आक्रमण गरियो : बाबुराम भट्टराई दीप संञ्चार फागुन २१, २०७९ गते १६:५९ मा प्रकाशित काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनमाथि आक्रमण भएको बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी युद्धकालको विषयमा दिएको अभिव्यक्तिलाई लिएर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा लगाएर माओवादी आन्दोलनमाथि नै आक्रमण गरिएको बताएका हुन् । माओवादी युद्धकालमा मारिएका १७ हजार जनामध्ये ५ हजारको नैतिक जिम्मेवारी लिने केही वर्षअघि प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्तिलाई आधारमा मानेर सर्वोच्च अदालतमा फौजदारी मुद्दा दर्ता हुन लागेपछि डा. भट्टराईको सो अभिव्यक्ति आएको हो । सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको आदेशलाई न्यायाधीशद्व ईश्वर खतिवडा र न्यायाधीश हरि फुयालको संयुक्त इजलासबाट बदर गरी रिट दर्ता गर्नु भनी रजिष्ट्रारको नाममा आदेश भएको छ ।सोही विषयलाई लिएर माओवादी केन्द्रले विज्ञप्ति जारी गरेर आपत्ति जनाउँदै न्यायिक पुनरावलोकनको सामान्य सिदान्तविपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको ठहर गरेको छ । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताइसकेका छन् । सोही कार्यक्रममा उनले पूर्व माओवादी एकजुट भएर प्रतिक्रियावादीलाई निस्तेज बनाउनुपर्ने बताइरहँदा डा। भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा चलाएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए । माओवादी सशस्त्र युद्धलाई अपराधीकरण गरिने वा नेताहरुमाथि मुद्दा लगाउन थालियो भने कार्यगत एकता गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #बाबुराम भट्टराई तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप