Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेसलाई राष्ट्रपति दिने ८ दलको निर्णय,सरकार नयाँ गठवन्धनको बन्ने

कांग्रेसलाई राष्ट्रपति दिने ८ दलको निर्णय,सरकार नयाँ गठवन्धनको बन्ने


काठमाडौँ।बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ।

उक्त निर्णयपछि सरकारमा पनि नयाँ गठवन्धन बन्ने निस्चित भएको छ । बालुवाटार स्रोतका अनुसार ८ दलबीच राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको बतायो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । उक्त बैठकले यस्तो निर्णय गरेको हो ।उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्ने सहमती भएको छ ।

शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका रहेको छ ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका हुन । शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्रा सुरुवात हुने उनको तर्क रहेको थियो । यो नया सहमतीपछि नेपाली राजनितिले फेरी कोल्टो फेरेको छ ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन । उनले राजनीति भनेको भागबण्डा मात्रै नभएको जनाउदै यस्ले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #गठबन्धन, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस