गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसलाई राष्ट्रपति दिने ८ दलको निर्णय,सरकार नयाँ गठवन्धनको बन्ने कांग्रेसलाई राष्ट्रपति दिने ८ दलको निर्णय,सरकार नयाँ गठवन्धनको बन्ने दीप संञ्चार फागुन १२, २०७९ गते २१:१३ मा प्रकाशित काठमाडौँ।बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ।उक्त निर्णयपछि सरकारमा पनि नयाँ गठवन्धन बन्ने निस्चित भएको छ । बालुवाटार स्रोतका अनुसार ८ दलबीच राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएको बतायो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । उक्त बैठकले यस्तो निर्णय गरेको हो ।उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्ने सहमती भएको छ ।शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका रहेको छ ।सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका हुन । शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्रा सुरुवात हुने उनको तर्क रहेको थियो । यो नया सहमतीपछि नेपाली राजनितिले फेरी कोल्टो फेरेको छ ।प्रधानमन्त्री प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन । उनले राजनीति भनेको भागबण्डा मात्रै नभएको जनाउदै यस्ले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने बताए ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #गठबन्धन, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ