Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने


काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।

 

राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ । शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् ।

 

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #विद्यादेवी भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस