Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित


काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मतभार प्राप्त गरेका छन् । नागरिक उन्मुक्तिका रायले १९२ मतभार पाए ।

राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस