गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? महत्वपूर्ण विधेयक अघि बढाउँदै सरकार दीप संञ्चार माघ २४, २०७९ गते ९:१५ मा प्रकाशित काठमाडौँ। सरकारले राष्ट्रिय महत्वका विद्येयकहरु अघि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयमा रहेका विधेयकहरु अगाडि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा उनले जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई चालु अधिवेशनमै संसदमा लैजानुपर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।सोमबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले सबै दलका प्रमुख सचेतक र प्रतिनिधिहरुलाई बोलाएर नागरिकता ऐन, संघीय निजामती सेवा ऐन, एकीकृत शिक्षा ऐनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउन चाहेको बताएका थिए । संविधान कार्र्यान्वयनसँग समेत जोडिएका विधेयकहरु अगाडि बढाउने सरकारको तयारी रहेको दलहरुलाई जानकारी गराएका प्रचण्डले मन्त्रीहरुलाई पनि विधेयकहरु छिटो अघि बढाउन निर्देशन दिएका हुन् ।संसदको चालु अधिवेशनबाटै नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, मिडिया काउन्सिल विधेयक, सम्पत्ति शुद्धिकरणसम्बन्त्री विधेयक, आपूर्तिसम्बन्धी विधेयकलाई अगाडि बढाउने सरकारको तयारी छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा धेरै छलफल भएर पनि नागरिकता विधेयकले ऐनको रुप लिन पाएको थिएन । एमाले नेतृत्वमा सरकार हुँदा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै जारी हुने गरी प्रतिवेदन तयार पारेको थियो । त्यसमा नेकपा एमाले र माओवादी केन्द्र सहमत थिए । पछि सरकार फेरिएपछि माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषय ०६३ अनुसार नै विवाह दर्ता लगत्तै जारी हुन सक्ने कांग्रेसको प्रस्तावमा समर्थन जनाएको थियो ।राज्य व्यवस्था समितिको प्रतिवेदनको आधार देखाएर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी छैनन् । संघीय निजामति विधेयक पनि अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा छलफल भएको थियो । सहमति जुट्न नसकेपछि सरकारले फिर्ता नै लिएको थियो । नयाँ सरकार आएपछि यसलाई पनि अगाडि बढाउने तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तायसैबीच प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।तीन नेताहरुबीच सीमालगायत अन्य राष्ट्रिय महत्वको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । बैठकमा शीर्ष नेताहरू सहभागी भएपनि सत्ता साझेदारीका छलफल नभएको तिमिल्सेनाले दाबी गरे । ‘सीमाको व्यवस्थापनसहित अन्य राष्ट्रिय महत्वको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय महत्वको विषय भएकाले अन्य सरोकारवाला निकायहरुसहित सबै पार्टीका शीर्ष नेताहरूलाई बोलाएको हो’ तिमिल्सेनाले भने ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन…वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री…प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजीमाओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु