Techie IT
×
गृहपृष्ठराजनीतिउपसभामुखको निर्वाचन प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता

उपसभामुखको निर्वाचन प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता


काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख चयनको प्रक्रिया आजदेखि सुरु हुँदै छ । आज उपसभामुखको उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ ।

 

शुक्रबार दिउसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

 

उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस