Techie IT
×
गृहपृष्ठ ∕ राजनीति ∕ २६ पुसमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

२६ पुसमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् ।

२६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रचण्ड

तपाईको प्रतिक्रिया दिनुहोस