Techie IT
×
गृहपृष्ठराजनीतिप्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै अहिले नेपाली राजनीतिमा तरंग आएको छ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतको समर्थनमा प्रचण्ड नाटकीय रुपमा प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।

आइतबार दिउँसोसम्म सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न ओली सहमत भएसँगै नयाँ सरकार बनेको हो ।

प्रचण्ड नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले पनि आफ्नो टिप्पणी सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’


क्याटेगोरी : राजनीति
ट्याग : #बालेन शाह

तपाईको प्रतिक्रिया दिनुहोस