गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्डले दिए प्रकाशमानमार्फत देउवालाई पहिलो कार्यकाल नछाड्ने सन्देश प्रचण्डले दिए प्रकाशमानमार्फत देउवालाई पहिलो कार्यकाल नछाड्ने सन्देश दीप संञ्चार पुस ८, २०७९ गते १२:२३ मा प्रकाशित सत्ता गठबनधनबीच ‘पावर शेयरिङ’मा सहमति जुट्न नसकिरहेको समयमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर प्रकाशमान प्रचण्डकोमा गएका थिए ।प्रकाशमानका सहयोगी यूपी लामिछानेका अनुसार गठबन्धनलाई कायमै राखेर नयाँ प्रधानमन्त्रीमा सहमति खोज्नेबारे दुई नेताबीच छलफल भएको छ ।पहिलो कार्यकालको प्रधानमन्त्री कांग्रेसले नै राख्ने भन्दै दोस्रो कार्यकालको प्रधानमन्त्री लिन सिंहले प्रस्ताव गरेका थिए ।तर, प्रचण्डले भने पहिलो कार्यकालको प्रधानमन्त्री नछाड्ने स्पष्ट गरेका छन् ।बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री नछाड्ने स्पष्ट सन्देश दिएका थिए ।प्रचण्डले सूत्रहरूमार्फत नेकपा एमालेसँग पनि छलफल अगाडि बढाएका छन् ।यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका देउवाका विश्वासपात्र बालकृष्ण खाँणले प्रचण्डसँग पटक–पटक छलफल गरेका छन् ।प्रधानमन्त्रीको नाम सिफारिश गर्न राष्ट्रपतिले दिएको समय घर्किनै लाग्दा दलहरूले छलफल तीव्र बनाएका छन् ।राष्ट्रपतिले पुस १० गते आइतवार साँझ ५ बजेसम्म बहुमत सांसदको समर्थनमा प्रधानमन्त्रीको नाम सिफारिश गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।क्याटेगोरी : राजनीतिट्याग : #प्रकाशमान सिंह, #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट