Techie IT
×
गृहपृष्ठराजनीतिबगार बाबा धार्मिक समितिमा रविन खत्री विजयी

बगार बाबा धार्मिक समितिमा रविन खत्री विजयी


लमही नगरपालिका -९ रिहार स्थित बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्रको अध्यक्षमा रविन खत्री निर्वाचित भएका छन्। खत्रीले ९० मतको फरकले निर्वाचित भएका हुन् ।

शनिबार भएको निर्वाचनमा कमलको फुल चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका खत्रीको सबै प्यानल फराकिलो मतले विजयी भएको हो ।।

खत्रीले प्रतिद्वन्दी मेघराज पछाईलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएको निर्वाचन अधिकृत पूर्ण वहादुर बस्नेतले जानकारी दिए ।

खत्रीले ३३६ मत प्राप्त गर्दा पछाईले २६४ मत मात्र पाएका छन् । त्यस्तै उपाध्यक्ष पदमा कसैको उम्मेदवारी नपरेपछि चुनाव अगावै मानसिंह वली निर्वाचित भैसकेका थिए ।

कोषाध्यक्ष पदमा अमृता शर्मा विजयी भएका छन् , उनले ३३८ मत लिंदै जानकी चौधरीलाई पराजितगरेका छन् । चौधरीले २२६ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी सचिब पदमा नन्दलाल वली विजयी भएका छन् । सचिब पदका अर्का उम्मेदवार ज्ञानराज नेपालीलाई वलीले पराजित गरेका हुन् । वलीले ३१३ मत लिएका छन् भने भने नेपालीले २९५ मत लिएका हुन् । सहसचिवमा सुर्यलाल यादव निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै खत्री प्यानलका अन्य सदस्यहरु पुष्पा खत्रीले ३३९, खुशीराम यादव ३१५, पुष्कर गिरीले ३१५ र विरसिंह विकले ३०१ मत लिएर विजयी भएको निर्वाचन अधिकृत बस्नेतले बताए ।

त्यस्तै शिवजीको चुनाव चिन्ह सहित चुनावमा उत्रिएका अध्यक्ष पदका उम्मेदवार मेघराज पछाई प्यानलका मिना पौडेल र हिरा चौधरी निर्वाचित भएका छन् । पौडेलले २९५ र चौधरीले २७३ मत लिएका थिए । खत्री प्यानलबाट महिलाको उम्मेदवारी नपरेका कारण पौडेल र चौधरी निर्वाचित भएको निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए ।

पछाई प्यानलका धर्मी यादवले २५१, गोविन्द अधिकारीले २५०, वासुदेव यादवले २३९ र सुर्यनारायण यादवले २२७ मात्र मत लिन सके । कुल ६ सय ६३ मतदाता रहेकोमा ५ सय ९० मत खसेको थियो ।

 


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस