Techie IT
×
गृहपृष्ठराजनीति१० पुसभित्र प्रधानमन्त्री पद दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान

१० पुसभित्र प्रधानमन्त्री पद दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान


राष्ट्रपति विद्यादेवी भण्डारीले १० पुसभित्र प्रधानमन्त्री पद दाबी गर्न आह्वान गरेकी छन् ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझेको केही दिनमै आइतबार राष्ट्रपति भण्डारीले बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई १० पुस आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दावी पेस गर्न आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्ति :

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम मिति २०७९/८/२९ मा पेश हुन आएकोले प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९÷९÷१० गते आइतबार १७ः०० बजे भित्र दावी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ ।

सागर आचार्य
प्रवक्ता


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #विद्यादेवी भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस