Techie IT
×
गृहपृष्ठराजनीतिसमानुपातिक सांसदको नामावलीमा छानबिन सुरु,सोमबार मात्र निर्वाचित भएको घोषणा गरिने

समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु,सोमबार मात्र निर्वाचित भएको घोषणा गरिने


निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा ९एमाले०ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #निर्वाचन आयोग, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस