गृहपृष्ठ ∕ राजनीति ∕ राप्रपाले छान्यो समानुपातिक सांसद , बुद्धिमान समेटिए लोहनी छुटे (सूचीसहित) राप्रपाले छान्यो समानुपातिक सांसद , बुद्धिमान समेटिए लोहनी छुटे (सूचीसहित) दीप संञ्चार मंसीर २४, २०७९ गते २०:०८ मा प्रकाशित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएको छ । आज (शनिबार) उनीहरूको नामावली टुंगो लगाएको हो ।यही मंसिर ४ गते भएको निर्वाचनबाट राप्रपा प्रतिनिधिसभामा पाँचौं दल बनेको छ । राप्रपाले समानुपातिकबाट प्रतिनिसभातर्फ सात र प्रदेशसभातर्फ १७ सिट जितेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो ।जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका राप्रपा स्रोतले जनाएको छ । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउँथ्यो ।खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेका पशुपति शमशेर जबराको नाममा विवाद थिएन । तर दोस्रो पुरुषमा आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका वुद्धिमान तामाङ, खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेका डा. प्रकाशचन्द्र लोहनी र मधेशी क्लस्टरको पहिलो नम्बरमा रहेका प्रल्हाद साहमध्ये को चयन हुने भन्ने विवाद थियो । कार्यसम्पादन समितिले तामाङको नाम चयन गरेको स्रोतको भनाइ छ ।प्रतिनिधिसभातर्फ राप्रपाबाट छानिएका सांसदको नामावली१. पशुपतिशमशेर जबरा२. बुद्धिमान तामाङ३. रोशन कार्की४. गीता बस्नेत५. बीना लामा६. बीना जैसवाल७. अनिषा नेपालीपार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि निर्वाचन आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न