गृहपृष्ठ ∕ राजनीति ∕ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी दीप संञ्चार मंसीर ९, २०७९ गते २१:२३ मा प्रकाशित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । शुक्रवार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गरेका हुन् । पौडेलले २७ हजार १७४ ल्याए भने, गणेशले २५ हजार ७८१ मत ल्याउन सके ।त्यस्तै, सत्तारुढ गठबन्धनले सघाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा रहे । थापाले २२ हजार ८ मत ल्याए । विष्णु पौडेलको यो क्षेत्रबाट चौथो जित हो । उनले २०६४ तत्कालीन नेकपा माओवादीका स्व. भक्ति पाण्डे, २०७० मा तत्कालिन माओवादीकै नेता डा. बाबुरा भटराई, २०७४ मा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए ।यो क्षेत्रमा कूल ८१ हजार २०२ मत खसेको थियो । रुपन्देही २ सँगै क्षेत्र नम्बर ५ बाट पनि एमालेका बाशुदेव घिमिरे जितेका छन् । भने, क्षेत्र नम्बर १ बाट सचिव छविलाल विश्वकर्मा जित नजिक छन् ।क्याटेगोरी : राजनीतिट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल