गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धन बलियो हुँदा शंकर पोखरेललाई कठिन गठबन्धन बलियो हुँदा शंकर पोखरेललाई कठिन दीप संञ्चार कात्तिक २५, २०७९ गते १३:०२ मा प्रकाशित नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन लडिरहेको लुम्बिनी प्रदेशको चर्चित निर्वाचन क्षेत्र दाङ– २ हो । त्यहाँ नेकपा एमालेका महासचिव पोखरेल र सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रकी नेत्री रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ । २०७४ सालको चुनावमा दाङ– २ बाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । महरा प्रतिनिधि सभामा विजयी हुँदा उनकै प्यानलबाट पोखरेल प्रदेश सभामा विजयी भएका थिए । चुनाव जितेपछि पोखरेल लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यकालको मुख्यमन्त्री बनेका थिए ।नेकपा विभाजनसँगै पोखरेल नेतृत्वको सरकार ढल्यो । चितवनमा सम्पन्न महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य नेतालाई पाखा लगाएर पोखरेललाई महासचिव बनाए ।नेपाली कांग्रेस र माओवादीको राम्रो जनमत भएको दाङ–२ बाट चुनाव जित्नु पोखरेलका लागि सहज छैन ।अघिल्लोपटक एमालेको समेत समर्थन प्राप्त गरेका माओवादी उम्मेदवार कृष्णबहादुर महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार राजु खनालले २६ हजार ३६ मत पाएका थिए ।स्थानीय तहमा वडा तहमा पाएको मतका आधारमा यो क्षेत्रमा एमाले पहिलो दल हो । एमालेले ३३ हजार ५९३ पाउँदा कांग्रेसले २३ हजार ३०१ र माओवादी केन्द्रले १० हजार ४७८ मत पाएका थिए । गठबन्धनको अर्को दल नेकपा एसले २ हजार ९४२ मत पाएको छ ।सत्ता गठबन्धन बलियो भए यो क्षेत्रमा पोखरेललाई जीत निकाल्न कठिन देखिएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #गठबन्धन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्नेप्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारीरास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु :…सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्