गृहपृष्ठ ∕ राजनीति ∕ चितवन-१ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई चितवन-१ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई दीप संञ्चार असोज ३१, २०७९ गते १८:४० मा प्रकाशित चितवन १ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै निष्क्रिय बसेको घोषणा गरेका छन् ।सोमबार एक विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने प्रतिबद्धता जनाएकाले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बुर्लाकोटीलाई निवास बालुवाटार बोलाएर उम्मेदवारी फिर्ता लिई निष्क्रिय बस्न आग्रह गरेका थिए । कांग्रेस सभापतिसमेत रहेका देउवाले उचित भूमिका र जिम्मेवारी दिने प्रतिबद्धता जनाएपछि बुर्लाकोटी ब्याक भई कांग्रेसका आधिकारिक उम्मेदवार विश्वनाथ पौडेललाई आफूले समर्थन गरेको र जिताउन लागिपर्ने प्रतिबद्धता पनि जनएका छन् ।बुर्लाकोटी चितवन १ बाट टिकटका आकांक्षी थिए । तर पार्टीले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेललाई टिकट दियो । त्यसपछि असन्तुष्ट रहेका बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । बुर्लाकोटीको उम्मेदवारी दर्ता भएपछि सत्तारुढ गठबन्धन निकै सकसमा परेको थियो । यदि बुर्लाकोटीको उम्मेदवारी कायमै रहेको भए एमालेका सुरेन्द्र पाण्डेलाई चिट्ठा पर्ने थियो ।कांग्रेसले सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवार दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसे अनुशासनको कारबाही नगर्ने घोषणा गरेको छ । जनतापाटीक्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल