गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता, गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता प्रधानमन्त्रीद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता, गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता दीप संञ्चार असोज २३, २०७९ गते १८:२९ मा प्रकाशित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँका तर्फबाट उहाँका धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराउनुभएको हो ।वारिसनामामार्फत डा।आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गर्नुभएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । उम्मेदवारी दर्ता गराउन डा आरजु देउवा हिजो नै डडेल्धुरा पुग्नुभएको थियो । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्याका डडेल्धुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराउनुभएको हो ।गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्तानेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले ३९क० प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका रामचन्द्र ढकालले ३९ख०बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उम्मेदवारी दर्ता गरेलगतै गृहमन्त्री खाणले लोकतान्त्रिक परिपाटी र लोकतान्त्रिकविधिको पालनाको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । आज भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाणले पाँचदलीय गठनबन्धनका तर्फबाट साझा उम्मेदवारी दर्ता गर्नुभएको हो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्नेप्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारीरास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु :…सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्