Techie IT
×
गृहपृष्ठराजनीतिनवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ


नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

गत १४ जेठमा बजेट तयार गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए । सो सम्बन्धमा प्रतिनिधिसभाले छानबिन गर्न ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #जनार्दन शर्मा

तपाईको प्रतिक्रिया दिनुहोस